दफा
समितिको काम, कर्तव्य र अधिकार

४. समितिको काम, कर्तव्य र अधिकार ः

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) हलेसी महादेवस्थानको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने ।

(ख) हलेसी महादेवस्थानको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि विदेशी सरकार राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिसंग सम्पर्क र समन्वय गर्ने ।

(ग) हलेसी महादेवस्थानसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक र पुरातात्विक महत्वका स्थलहरूको संरक्षण, सम्बद्र्धन एवं पुन निर्माण गर्ने, गराउने ।

(घ) हलेसी महादेवस्थानको ताम्रपत्र, शिलालेख, पाण्डुलिपि, मुद्रित सामाग्रीको संरक्षण तथा सम्बद्र्धन गर्ने ।

(ङ) हलेसी महादेवस्थानमा शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, पुल, ढल, सार्वजनिक शौचालय, कुलो कुलेसो, बाटोघाटो, पानी, बिजुली, टेलिफोन, धर्मशाला जस्ता आधारभूत चीजहरूलाई व्यवस्थित गर्ने ।

(च) हलेसी महादेवस्थानमा पर्यटन व्यवसायको विकास एवं प्रबद्र्धनको लागि आवश्यक वातावरणको सृजना गर्ने ।

(छ) हलेसी महादेवस्थानको प्राकृतिक सम्पदा एवं वातावरणको संरक्षण तथा सम्बद्र्धन गर्ने ।

(ज) हलेसी महादेवस्थानमा समय–समयमा शैक्षिक तथा साँस्कृतिक महत्वका सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने ।

(झ) हलेसी महादेवस्थान लगायत धितुङ, अर्खले, च्यासिमटार, बडहरे, मङ्गलटार जस्ता स्थानहरूमा रहेका मठ, मन्दिर, देवालय, गुफा, साँस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको अनुसन्धान, संरक्षण र सम्बद्र्धन गर्ने, गराउने ।

(ञ) हलेसी महादेवस्थानको गरिमालाई आघात पु¥याउने खालका क्रियाकलापहरूो सञ्चालनमा नियन्त्रण तथा निषेध गर्ने र

(ट) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि आवश्यक अन्य कामहरू गर्ने, गराउने ।